Logo

एनआईसी एशियाले ल्यायो अग्रीम ब्याज भुक्तानि योजना

एनआईसी एशियाले ल्यायो अग्रीम ब्याज भुक्तानि योजना


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । एनआईसी एशिया बैंकले अग्रीम ब्याज भुक्तानी मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

उक्त योजना अन्र्तरगत ग्राहकले कुनै पनि रकमको मुद्दती खाता खोली, खाता खोलेकै दिनमा ११ प्रतिशतको वार्षिक ब्याजका दरले हुन आउने ब्याजको अग्रीम भुक्तानी पाउने भएको हो ।
मुद्दती खाता ३, ६, ९ वा १२ महिनाको लागि खोले पनि सम्बन्धित अवधिका लागि ११ प्रतिशतका दरले अग्रिम ब्याज भुक्तानि गरिने बैकले जनाएको छ ।

व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खोल्न सक्ने मुद्दती योजनामा चाहेको बेला जम्मा गरेको रकमको ८० प्रतिशत सम्मको कर्जा उपभोग गर्न सकिने छ । साथै यस्तो मुद्दती खाता खोल्ने ग्राहकले रु ५ लाख सम्मको दुर्घटना बीमापनि बैंकले नै गरिदिने छ । अग्रिम ब्याज भुक्तानि मुद्दती खाता सिमीत अबधीका लागिमात्र संञ्चालनमा रहने जनाएको छ ।

बैकको १८५ शाखा, १८८ एटिएम, ४ एक्स्टेन्सन काउन्टर, ३ ब्रान्चलेस बैंकिङ युनिट गरि कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट सहित ५,३७८ सञ्जाल मार्फत बैकिङ सेवा प्रदान गर्दै आएको जारी बिज्ञप्तीमा उल्लेख छ ।

बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु १०४ अर्ब र कुल निक्षेप करिब रु १२४ अर्ब पुगेको बैँकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL