Logo

सेञ्चुरी बैंकको थप ९ शाखाबाट ३६५ दिने नगद कारोबार

सेञ्चुरी बैंकको थप ९ शाखाबाट ३६५ दिने नगद कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले थप ९ शाखाबाट ३६५ दिने सेवा सञ्चालनमा ल्याएको छ ।

बैँकले सार्वजनिक बिदामा समेत प्रधान कार्यलय पुतलीसडक तथा टिकापुर शाखाबाट नगद कारोबार तथा लकरको सेवा प्रदान गर्दै आएकोमा चैत १० गते देखी थप ९ शाखाबाट सेवा सञ्चालन हुने जनाएको छ ।

लकर सुविधा भएका शाखाहरु शपुतलीसडक, बिराटनगर, विर्तामोड, वीरगञ्ज, नारायणगढ, बुटवल, पोखरा, न्यूरोड, मानभवनबाट ग्राहकले सेवा लिन सकिने छ ।

बैँकको काउन्टर सञ्चालन हुने शाखाहरुमा पुतलीसडक, विर्तामोड, बुटवल, धुलिखल, टिकापूर, जनकपूर, भैरहवा, न्युरोड, बिराटनगर, वीरगञ्ज, पोखरा, मानभवन, इटहरी, हेटौंडा, नेपालगञ्ज, सामाखुसी, धरान, नारायणगढ, धनगडी तथा कोटेश्वर रहेको छ ।

बैंकले उपत्यकामा ११ शाखा र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा र ३ वटा एक्स्टेन्सन काउन्टरका साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १११ स्थानबाट कारोबार गर्दै आएको जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL