Logo

एनआईसी एशियाले ल्यायो प्रिमियम समुन्नति बचत खाता, यस्तो छ सुविधा

एनआईसी एशियाले ल्यायो प्रिमियम समुन्नति बचत खाता, यस्तो छ सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले प्रिमियम समुन्नति बचत खाता संञ्चालनमा ल्याएको छ । बैंकले मंगलबार देखि सो बचत खाता सञ्चालनमा ल्याएको हो ।

बैंकले ल्याएको सो खातामा मुलुक भरका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट जति पटक पैसा निकाल्दा कुनै शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ ।

यसका साथै सो खातामा निशुल्क भिसा डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ सेवा, डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५० प्रतिशतको छुट रहेको छ ।

मासिक औसत १० लाख रुपैया भन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर (होम बैंकिङ सर्भिस) सेवा प्रदान गरिने बैंकले जानकारी दिएको छ । उपभोक्ताले सो खाता खोली मोबाइल बैंकिङ सेवा लिए पछि नेपाल टेलिकमको वा एनसेलको १ सय रुपैयाँ बराबरको रिचार्ज कार्ड समेत निशुल्क पाउन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL