Logo

सेञ्चुरी बैंक र लाइफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता

सेञ्चुरी बैंक र लाइफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता


बिजखबर संवाददाता
0
Shares

सेञ्चुरी कमर्सियल बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

आइतबार भएको सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त, प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ ।

सम्झौता पत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र लाइफ इन्स्योरेन्सका का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL