Logo

अरुण फाइनान्स अब हाथवेको नामबाट, लोगो पनि परिवर्तन

अरुण फाइनान्स अब हाथवेको नामबाट, लोगो पनि परिवर्तन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अरुण फाइनान्सले आफ्नो नाम र लोगो परिवर्तन गरेको छ । कम्पनी रजिष्टारको कार्यालयले हिजो मात्र नाम परिवर्तनको स्वीकृति दिएको कम्पनीका संचालक प्रकाश तिवारीले जानकारी दिए ।

कम्पनीको २१ औं बार्षिक साधारणसभाले कम्पनीको नाम र लोगो परिवर्तन गरेको थियो । नाम परिवर्तनसँगै अब अरुण फाइनान्सले हाथवेको नामबाट कारोबार गर्ने छ । यसैगरी कम्पनीले मौजुदा लोगोलाई पनि परिवर्तन गरेको छ ।

कम्पनी रजिष्टारबाट नाम परिवर्तन भएसँगै अब नेपाल स्ष्टक एक्स्जेञ्जमा पनि छिट्टै नाम र सिम्बोल परिवर्तन गरी कारोबार गरिने तिवारीले जानकारी दिए ।

कम्पनीले केही समय अघिमात्रै १ बराबर १ः८ को अनुपातमा हकप्रद सेयर जारीको प्रस्ताव पारित गर्दै चुक्ता पूँजी ८४ करोड रुपैयाँ पुर्याएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL