Logo

सेञ्चुरी बैंकको सीईओमा तुलसीराम गौतम नियुक्त, बैशाख १९ बाट कमाण्ड सम्हाल्ने

सेञ्चुरी बैंकको सीईओमा तुलसीराम गौतम नियुक्त, बैशाख १९ बाट कमाण्ड सम्हाल्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा तुलसीसाम गौतम नियुक्त भएका छन् । बैंक संचालक समितिको उनलाई सीईओमा नियुक्त गरेको बैंकले आजैमात्र नेप्सेलाई जानकारी गराएको छ ।

बैंकका अनुसार गौतमले २०७५ बैशाख १९ गतेबाट सेञ्चुरी बैंकको कमाण्ड सम्हाल्ने छन् । बैंकले यस अघि सीईओमा नियुक्त अनिल शाह तलवका कारण जान नमानेपछि उनको नियुक्ती रद्द गर्दै गौतमलाई नियुक्त गरेको हो ।

बैंकिङ क्षेत्रमा ३ दशकभन्दाबढी लामो अनुभव भएको गौतम यस अघि ४ बर्ष माछापुच्छ्रे बैंकको सीईओ भएर काम गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL