Logo

सनराइज बैंक र शिखर इन्स्योरेन्सबीच स्वास्थ्य बीमा सम्झौता

सनराइज बैंक र शिखर इन्स्योरेन्सबीच स्वास्थ्य बीमा सम्झौता


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । सनराइज बैंक र शिखर इन्स्योरेन्स कम्पनीबीच बैंकका बचत खाताका स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्न सम्झौता भएको छ ।

बुधबार भएको सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकका बचतकर्ताहरुले अस्पतालमा लाग्ने खर्चमा बढीमा रु. १ लाख वा बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत दाबी गर्न पाउने छ । बैंकले स्थापनाकाल देखिनै बचत खाताका ग्राहकको लागि ‘सामुहिक दुर्घटना बीमा व्यवस्था’ प्रदान गर्दै आएको छ ।

सुविधा अन्र्तगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा रु. ५ लाख वा बचत खातामा रहेको मौज्दातको ४ गुणा दाबी गर्न सकिने बताएको छ । सम्झौता संगै बैंकका बचत खाताका ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउनेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL