Logo

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चावहिलमा, शाखा संख्या ९ पुग्यो

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चावहिलमा, शाखा संख्या ९ पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ९ औ शाखा काठमाडौंको चाबहिलमा विस्तार गरेको छ । मंगलबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेश बहादुर थापाले शाखाको उदघाटन गरेको छ ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको वर्तमान अवस्था र भावी योजना तथा आधुनिक बैंकिङ तथा लघुवित्त कार्यक्रमबाट कृषिको उत्पादनमा जोड दिने बताए ।

त्यस्तै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीहरुसंग बैंकहरुको पनि सहकार्य आवश्यक रहेको बताए । साथै कृषि क्षेत्रमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा बैंक संचालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले वित्तीय सेवाको स्तर ग्राहकको सन्तुष्टिले मात्र मापन गर्न सकिने बताएका छन । बैंकको ७४ वटा शाखाहरु संचालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL