Logo

अन्तत कार्टेलिङकै पक्षमा राष्ट्र बैंक, बैंकर्स संघ र एनआईसी एसियाको विवाद मिल्यो

अन्तत कार्टेलिङकै पक्षमा राष्ट्र बैंक, बैंकर्स संघ र एनआईसी एसियाको विवाद मिल्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समययता नेपाल बैंकर्स संघ र एनआईसी एशिया बैंकबीच देखिएको विवाद मिलेको छ । ब्याजदर बृद्धि सम्बन्धमा दुई संस्थाबीच चुलिएको सो विवाद नेपाल राष्ट्र बैंकको मध्यस्थतामा मिलेको हो ।

राष्ट्र बैंकमा भएको छलफलमा राष्ट्र बैंकले बैंकर्स संघले निक्षेपमा दिईने ब्याजरको सिण्डीकेटकै पक्षमा लविङ गरेपछि दुई संस्थाबीचको विवाद मिलेको हो । बजारमा ब्याजदर निर्धारण तथा स्प्रडदर निर्धारण गर्ने जस्ता काम राष्ट्र बैंकको भएपनि आफुले गर्न नसकेको पनि राष्ट्र बैंकले सोको जिम्मा बैंकर्स संघलाई दिएको सम्बद्ध स्रोतको दावी थियो । ‘राष्ट्र बैंकले ब्याजदर निर्धाणजस्ता विषयमा पटक पटक कुरा उठाएको थियो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘तर, बैंकरहरुले राष्ट्र बैंकको निर्देशन नमानेपछि अघोशित रुपमा त्यो जिम्मा बैंकर्स संघलाई नै दिइएको छ ।’

पछिल्लो समय राष्ट्र बैकले नियमन गर्न नसक्दा नेपालका बैंक वित्तीय संस्था अफुखुशी चल्न थालेको समेत सम्बद्ध स्रोतको दावी छ । राष्ट्र बैंकको फितालो नियमनकै कारण अहिले कर्जा–पूँजी–निक्षेप अनुपात, स्प्रेडदर निर्धारण तथा कर्जा दिने क्षेत्रमा बैंकर्स संघको बोलवाला चल्न थालेको छ ।
बैंकर्स संघ र राष्ट्र बैंकको दबाब पछि एनआईसी एशिया बैंकले पनि अरु बैंककै जस्तो ब्याजदर कायम गर्ने सहमति गरेको छ । उक्त सहमतिसँगै अब एनआईसी एशिया बैंकले पनि निक्षेपकर्तालाई अरु बैंकहरुले जस्तै बचतमा ८ प्रतिशत र मुद्दतीमा अधिकतम १० प्रतिशतमात्र ब्याज दिने छ ।

एनआईसी एशियाले संघसँग भएको सहमती तोड्दै निक्षपकर्तालाई साधारण बचतमा १० र मुद्दती निक्षेपमा १२ ब्याजदर दिन थालेको थियो । सोको विरुद्ध संघले एनआईसी एसियासँग अन्तरबैंक कारोबार नै बन्द गरेको थियो । हिजो भएको सहमतिअनुसार एनआईसी एसियाले शुक्रबारबाट निक्षेपकर्ताको ब्याज घटाउने भएको छ ।

बैंकिङ क्षेत्र संवेदनशील भएको र सो विषयमा विवाद नगर्न राष्ट्र बैंकले सुझाएपछि संघकै निणय अनुरुप दुई वटा प्रडक्टमा ब्याजदर घटाउने निर्णय गरिएको एनआइसी एसिया बैंकका प्रवक्ता सुधिर पाण्डेले जानकारी दिए । ‘राष्ट्र बैंकले विवाद भन्दा पनि मिलेर जान सुझाएको थियो,’ उनले भने, ‘सोही अनुरुप ब्याजदर घटाउने सहमतिमा पुगेका हौं ।’

एनआईसी एसियाले २०७४ फाल्गुन ११ देखि समुन्नती प्लस बचत खातामा १० प्रतिशत ब्याजदर र १ बर्षे धनबर्षा मुद्धती खाता १२ प्रतिशत ब्याज दिँदै आएको थियो । तर दुबै योजना चैत्र २ गतेसम्म मात्र चल्ने छ । तत्पश्चात दुवै योजनाहरु बन्द गरिने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL