Logo

सेञ्चुरी बैंक र गुराँस लाइफबीच बैंकान्स्योरेन्स सम्झौता

सेञ्चुरी बैंक र गुराँस लाइफबीच बैंकान्स्योरेन्स सम्झौता


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ ।

सोमबार भएको सम्झौतानुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त, प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ ।

उक्त सम्झौतापत्रमा बैंकका कामु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र गुरांस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरेको बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL