Logo

सिभिल बैंक लिमिटेडको लमजुङमा थप दुई शाखा, शाखा संख्या ५७ पुग्यो

सिभिल बैंक लिमिटेडको लमजुङमा थप दुई शाखा, शाखा संख्या ५७ पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिभिल बैँकले लमजुङमा थप दुई शाखा विस्तार गरेको छ । बैंकको ५६ औं शाखाको रुपमा दूधपोखरी गाउँपालिका ६ र ५७ औं शाखा क्व्होलासोंथर गाँउपालिका २ मा बिस्तार गरेको हो । ती शाखाको नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले उद्दघाटन गरे ।

सो अवसरमा उनले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउँदै ग्रामीण भेगका नागरिकको सेवाको लागि स्थानीय तहमा सिभिल बैंकले सेवा विस्तार गर्न पाएकोमा खुसी ब्यक्त गरे ।

नेपाल राष्ट्र बैंकको हरेक स्थानिय तह सम्म बित्तीय पहुँच पुर्याउने निती अनुरुप बैंकले बैंकको पहुँच नपुगेको ठाउँहरुमा शाखा बिस्तार गरेको बताए ।

बैंकको चालु आर्थिक वर्षको दोश्रो चौमासमा रु.२१ करोड ६५ लाख नाफा कमाउन सफल भएको छ । यस बैंकले यसै त्रैमासको अन्त्य सम्ममा खोलिने थप शाखा सहित बैंकको शाखा संख्या ५९ पुग्ने बैंकले जनाएको छ । बैकको उदघाटन कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधी तथा काउँपालीकाका प्रमुखहरुको उपस्थीती रहेको बिज्ञप्तिमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL