Logo

२७ बाणिज्य बैंकले एनआइसी एसियासँग अन्तर बैंक कारोबार नगर्ने प्रस्ताव पारित

२७ बाणिज्य बैंकले एनआइसी एसियासँग अन्तर बैंक कारोबार नगर्ने प्रस्ताव पारित


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । संचालनमा रहेका २७ वटा बाणिज्य बैंकले एनआईसी एसिया बैंकसँग अन्तरबैंक कारोबार नगर्ने प्रस्ताव पारित गरेको छ । नेपाल बैंकर्स संघले गत शुक्रबार गरेको निर्णयलाई २७ बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधि सम्मिलित भेलाले उक्त निर्णय गरेको एक बैंकका सिईओले जानकारी दिए ।

उनका अनुसार बैंकर्स संघले गरेको निर्णयलाई आइतबार बिहान भएको सीईओहरुको भेलाले सदर गरेको हो । एनआईसी एसिया बैंकले पूर्व सहमति अनुसार निक्षेपकर्तालाई साधारण बचतमा ८ र मुद्दती ११ प्रतिशतभन्दा बढी ब्याज नदिने निर्णय गरेकोमा त्यसलाई उलंघन गर्दै बढी ब्याज दिएको भन्दै अन्तर बैंक कारोबारमा रोक लगाउने निर्णय गरेको थियो ।

तर, बैंकर्स संघले भने बढी ब्याजको विषयलाई सिस्टेमि रिक्ससँग जोडेर अन्तर बैंक कारोबार नगरेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL