Logo

एनआईसी एशियाको नयाँ शाखा भिमफेदीमा, शाखा संख्या १८१ पुग्यो

एनआईसी एशियाको नयाँ शाखा भिमफेदीमा, शाखा संख्या १८१ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकको मकवानपुरको भिमफेदीमा शाखा सञ्चालनमा आएको छ । शुक्रबारबाट सञ्चालनमा आएको उक्त शाखाको भिमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामाले उद्घाटन गरेका हुन ।

यससँगै बैकको शाखा संख्या १ सय ८१ पुगेको छ । यस्तै बैंकले १ सय ८३ एटिएम, तथा ४ ओटा एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यसका साथै बैंकका ३ ओटा शाखारहित बैंकिङ सेवा तथा प्रत्यक्ष र अप्रत्यक्ष गरी ५ हजारभन्दा बढि रेमिटान्स एजेन्टहरु रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देष्यले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL