Logo

कास्की र बागलुङमा प्रभुका २ नयाँ शाखा,

कास्की र बागलुङमा प्रभुका २ नयाँ शाखा,


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंकले एकैदिन २ ओटा शाखा सञ्चालनमा ल्याएको छ । शुक्रबार बंैकले बागलुङको बरेङ र कास्कीको माछापुच्छ्रेमा आफ््ना २ नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकको बरेङ शाखाको उद्घाटन बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा र माछापुचेछ्रे शाखाको माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सुष्माकुमारी दबाडीले गरेका हुन ।

उक्त नयाँ शाखाबाट त्यहाँका स्थानीय तहका सेवाग्राहीले गुणस्तरीय सेवा उपभोग गर्ने र दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL