Logo

‘सिस्टेमिक रिक्स’ बढेपछि एनआईसी एसिया बैंक बैंकर्स संघबाट आउट

‘सिस्टेमिक रिक्स’ बढेपछि एनआईसी एसिया बैंक बैंकर्स संघबाट आउट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले एनआइसी एसिया बैंकसँग तत्कालका लागि कुनै पनि किसिमको कारोबार नगर्ने निर्णय गरेको छ । एनआईसी एसियाको बैंक प्रणालीगत जोखिम (सिस्टेमक रिक्स) बढेपछि तत्कालका लागि अन्य बाणिज्य बैंकले अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले जानकारी दिए ।

गत हप्ता बैंकर्स संघले साधारण बचतमा ८ र मुद्दतीमा ११ प्रतिशतसम्म बार्षिक व्याजदर दिने निर्णय गरेको थियो । तर, एनआइसी एसियाले उक्त निर्णय लत्याउँदै हिजोमात्रै मुद्दती बचतमा १२ प्रतिशत व्यादर सहितको सुचना जारी गरेको थियो ।

बैंकले साधारण तथा मुद्दतीमा संघको सहमति विपरित बढी ब्याज दिने निर्णयसँग बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले पनि बिहीबार नै राजीनामा दिएका छन् । ब्याजदर नवढाउने विषयमा सीईओ रिसाल स्वयमले नै संघका सहमति गरेका थिए । सोही अनुरुप नैतिकताको आधारमा सीईओले राजीनामा दिएको एक अधिकारीले जानकारी दिए ।

सिस्टेमिक रिक्सले अन्य बैंकलाई पनि असर पर्न सक्ने भएकाले एनआइसी एसिया बैंकसँग अन्य बैंकले कारोबार नगर्ने निर्णय गरेको समेत उनको भनाइ थियो । सो आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा आइतबार बैंकठ बसी निर्णय गर्न लागिएको संघले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL