Logo

सेञ्चुरी कमर्सियल र नर्भिक हस्पिटलबीच सम्झौता, उपचारमा विशेष छुट

सेञ्चुरी कमर्सियल र नर्भिक हस्पिटलबीच सम्झौता, उपचारमा विशेष छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नर्भिक इन्टरनेशनल हस्पिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार अस्पतालले बैँकका शेयरधनी तथा कर्मचारीलाई प्याथोलोजी, रेडियोलोजी, मेम्मोग्राम, सर्जरी र कार्रडियाक नंन इन्भेसिभ जांचमा १० प्रतिशत सम्म छूट दिने छ ।

साथै बेड चार्जमा ५ प्रतिशत छूट प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै बैंक बाट सेञ्चुरी प्रिमियम बचत र सेञ्चुरी प्लाटिनम बचत क्रेडिट कार्ड, अस्पतालका कर्मचारीहरुलाई उपलब्ध गराउने भएका छन ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा अस्पतालका प्रमुख बजार अधिकृत प्रविण दावरले हस्ताक्षर गरेको जारी बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL