Logo

ब्याजदर नियन्त्रणमा बैंकर्स संघको अर्को कदम, ८ र ११ प्रतिशतभन्दा बढी नदिइने

ब्याजदर नियन्त्रणमा बैंकर्स संघको अर्को कदम, ८ र ११ प्रतिशतभन्दा बढी नदिइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल बैंकर्स संघले बचत तथा मुद्दति खातामा उच्च ब्याजदर दिएर निक्षेप नलिने निर्णय गरेको छ । बैंकहरुबीच निक्षेप संकलनका लागि उच्च ब्याजदर दिएर तान्ने होडबाजी चलेसँगै शुक्रबार बैंकर्स संघले उक्त निर्णय गरेको हो ।

जस अनुसार साधारण बचतको ब्याजदर ८ प्रतिशतभन्दा माथि नलैजाने निर्णय गरेको छ भने मुद्दती निक्षेपमा पनि ११ प्रतिशतभन्दा माथी ब्याज नदिने निर्णय गरेका हुन् ।
यसयघि बाणिज्य बैंकहरुले साधारण निक्षेपमा १० प्रतिशतभन्दा बढी ब्याज दिन शुरु गरेका थिए भने मुद्दतिमा १३ प्रतिशतभन्दा बढी दिएका थिए ।
बचतको ब्याज दर मुद्दति निक्षेपको भन्दा १ प्रतिशतले मात्र कम भएको भन्दै संघले यस्तो निर्णय गरेको हो । अहिले नै १० प्रतिशतसम्मको ब्याजदरमा बचतका अफरहरु आईरहेको अवस्थामा यस अघि भएको सम्झौता अनुसार ११ प्रतिशतसम्मको मुद्धती निक्षेपको सम्झौतालाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको संघले जानकारी दिएको छ । जसमा २८ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहमत भएका छन् ।
यस अघि बैंकहरुले साधारण बचामा बढी ब्याज दिएपनि आगामी आइतबारसम्ममा ८ प्रतिशतको व्याजदर निर्धारण गर्न समय दिएको छ । यसगत आइतबारदेखि सुरु भएको ब्याजदर नियन्त्रणको प्रयास शुक्रबार आएर निर्णयमा पुगेको संघका एक सदस्यले जानकारी दिए । साथै उक्त निर्णयबाट बैंकहरुको सीसीडी सन्तुलनमा केही राहत पुग्ने अपेक्षा बैंकर संघको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL