Logo

मुक्तिनाथ विकास बैंकको शाखा न्यूरोडमा, शाखा कार्यालय ७४ पुग्यो

मुक्तिनाथ विकास बैंकको शाखा न्यूरोडमा, शाखा कार्यालय ७४ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौको न्युरोडस्थित देव प्लाजामा शाखा बिस्तार गरेको छ ।

पूर्व गभर्नर डा. तिलक बहादुर रावलले सो शाखाको उदघाटन गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले बैंकको अवस्था र भावी योजनाको बारेमा बताए थिए ।

साथै बैंकले अवलम्बन गरेको आदर्श र समावेशी वित्तीय सेवा हाल देशको जानकारी दिए । आगामी दिनमा उत्पादनमूलक क्षेत्रमा थप लगानी विस्तार गर्ने समेत उनले बताए ।

डा. रावलले बैंकिङ क्षेत्रमा आफूले सिकेका अनुभवहरुलाई आजको वित्तीय क्षेत्रको विकाससंग तुलना गर्दै देश विकासमा बैंकिङ र वित्तीय क्षेत्रको महत्वपूर्ण भुमिका रहेको बताए । बैंकको उक्त शाखासंगै देशभर ७४ वटा शाखा कार्यलय सञ्चालनमा छन् ।

बैंकको २०७४ माघ मसान्तसम्म कुल निक्षेप रु. २१ अर्व ९२ करोड पुगेको छ भने कुलकर्जा लगानी रु. २० अर्व १ करोड पुगेको बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL