Logo

खाने होइन राष्ट्र बैंकमा जागिर ? १५१ जना माग, प्लस टु पढेकाले पनि आवेदन दिन सक्ने

खाने होइन राष्ट्र बैंकमा जागिर ? १५१ जना माग, प्लस टु पढेकाले पनि आवेदन दिन सक्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहायकदेखि सहायक निर्देशकसम्म कर्मचारी माग गरेको छ । बैंकले विभिन्न ३ तहमा गरी १ सय ५१ जना कर्मचारी माग गरेको हो ।

बैंकद्घारा प्रकाशित सुचना अनुसार सहायक निर्देशक अधिकृत स्तरको तृतीय तहमा ४५ जना कर्मचारी माग गरेको छ भने सबैभन्दा बढी सहायकमा ९६ जना कर्मचारी माग गरेको हो यसैगरी प्राविधिकतर्फ सहायकमा १० जना कर्मचारी माग गरेको छ ।

बैंकका अनुसार सहायक निर्देशकमा आवेदन दिनका लागि अर्थशास्त्र, बाणिज्यशास्त्र वा व्यवस्थापनमा स्नातकोत्तर उर्तीण गरेको हुनुपर्ने छ । यसस्तै, सहायक पदमा प्सटु उर्तीण गरेका व्यक्तिले पनि आवेदन दिन सक्नेछन् । तर, प्राविधिकमा भने इन्जिनियरिङमा ३ बर्षे डिप्लोमा गरेको हुनुपर्ने छ ।

सहायक निर्देशक पदमा २१ देखि ३५ बर्षसम्मका व्यक्तिले आवेदन दिन सक्नेछन् भने सहायक पदमा १८ देखि ३१ बर्षसम्मकाले आवेदन दिन पाउनेछन् । तर,महिलाको हकमा भने ४० बर्षसम्मका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

सो पदमा अनलाईनमार्फत आजका मितिदेखि चैत्र १ गतेसम्म आवेदन दिन सक्नेछन् । तर, दोब्बर दस्तुर तिरेर भने चैत ८ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL