Logo

लुम्बिनी बिकास बैंकको न्यूरोड शाखा लेखनाथमा स्थानान्तरण, बिहीबारदेखि सेवा

लुम्बिनी बिकास बैंकको न्यूरोड शाखा लेखनाथमा स्थानान्तरण, बिहीबारदेखि सेवा


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । लुम्बिनी बिकास बैंकको दोहोरिएको शाखा कार्यालयलाई लेखनाथ नगरपालिका ११ फूलबारीमा स्थानान्तरण गरिएको छ । पोखराको न्युरोडबाट लेखनाथ नगरपालिकामा बिहीबार स्थानान्तरण गरेको उक्त शाखाको बैँक संचालक समिति अध्यक्ष सुशिलराज पराजुलीले एक कार्यक्रमबीच उद्दघाटन गरेको छ ।

बैँकले आगामी दिनमा प्रतिस्पर्धात्मक रुपमा आधुनिक बैंकिङ सेवा तथा ग्रामिण भेगमा समेत सेवा बिस्तार गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । मुलुकका बिभिन्न स्थानमा रहेका ६० शाखा तथा १२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको बताए । बैंकबाट बिभिन्न निक्षेप तथा कर्जा सुविधाका साथै डेबिट कार्ड, एबिबिएस,एसएमएस बैकिङ, मोबाईल बैकिङ, एएसबिए तथा लकरलगायत सम्पूर्ण बैकिङ सेवाहरु उपलब्ध गर्ने बताएका छन ।

हालै बैँकले नेपाल तथा भारतमा चलाउन सकिने अन्तरराष्ट्रिय स्तरको भिसा नेटवर्कसंग आबद्ध भई नेपाल भारत चलाउन सकिने भिसा डेबिट कार्ड जारी गरेको जानकारी दिएको छ ।

बैँकले गत पुस मसान्तसम्ममा रु १९ अर्ब १८ करोड निक्षेप संकलन तथा १७ अर्ब २५ करोड कर्जा प्रबाह गरि २२ करोड ५९ लाख मुनाफा आर्जन गरेको जारी बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL