Logo

माछापुच्छ्रे बैंकले सुरु गर्यो सि–आस्बा, सबै शाखा मार्फत डिम्याट खाता खोल्न सकिने

माछापुच्छ्रे बैंकले सुरु गर्यो सि–आस्बा, सबै शाखा मार्फत डिम्याट खाता खोल्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सम्पूर्ण शाखाहरुबाट सि–आस्बा रजिष्ट्रेशन नम्बर लिने व्यवस्था मिलाएको छ ।

शुक्रबार देखि धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्र  खरिदको आवेदन गर्दा अनिवार्य रुपमा सि–आस्बा प्रणाली मार्फत आवेदन दिनुपर्ने ब्यवस्था भएकाले यस्तो सेवा सुरु गरेको बैंकले जानकारी दिएको छ ।

उक्त व्यवस्था पश्चात ग्राहकले बैंकको सबै शाखाबाट सि–आस्बा  रजिष्ट्रेशन नम्बर लिई धितोपत्र खरिद गर्न आवेदन दिन सक्नेछन ।

बैंकले ग्राहकले अनलाईन आवेदन दिन चाहेमा सिडिएस् एण्ड क्लियरिङ लिमिटेडले सुरु गरेको ‘मेरो शेयर’ सेवा आफ्नो डिम्याट खाता भएको निक्षेप सदस्यमा गई उक्त सेवा लिन समेत अनुरोध गरेको छ ।

साथै बैंकको सम्पूर्ण शाखाहरु मार्फत डिम्याट खाता खोल्न सकिने र मेरो शेयरमा पनि दर्ता गर्न सकिने छ । शून्य मौजदातमै बचत खाता खोल्न सकिने व्यवस्था समेत रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले हाल ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बंैकिङ सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहकहरुलाइ सेवा प्रदान गर्दै आइरहेको छ । यसका साथै बैंकका  देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL