Logo

सेञ्चुरी बैंकको एकै पटक पाँच नयाँ शाखा विस्तार, केन्द्रिय कार्यालयबाट उद्दघाटन

सेञ्चुरी बैंकको एकै पटक पाँच नयाँ शाखा विस्तार, केन्द्रिय कार्यालयबाट उद्दघाटन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एकै पटक पाँच नयाँ शाखा स्थापना गरेको छ ।

बैंकले खोटाङको लामिडाँडा गाउँपालिका , अर्घाखाँचीको भुमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका र सर्लाहीको गोडैटा नगरपालिकामा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

सो शाखा कार्यालयहरु बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले केन्द्रिय कार्यलयबाट शुभारम्भ गरे ।

बैंकले देशको ग्रामीण भेगका जनता माझ बैंकिङ पहुंच पु¥याउने सरकार तथा नेपाल राष्ट्र बैंकको लक्ष्य बमोजिम शाखा विस्त गरेको हो ।
बैंकले हालसम्ममा ९४ वटा शाखाहरुबाट ग्राहकवर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL