Logo

एनआइसी एशियाको नयाँ शाखा रुपन्देहीको तिलोत्तमामा, शाखा संख्या १७३ पुग्यो

एनआइसी एशियाको नयाँ शाखा रुपन्देहीको तिलोत्तमामा, शाखा संख्या १७३ पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठपमाडौं । एनआइसी एशिया बैंकले आफ्नो नयाँ शाखा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा संचालनमा ल्याएको छ ।

बैंकले माघ २९ गतेका दिन देखि उक्त शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक अशोककुमार पौडेलले गरेका हुन ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक रहेको बैंकको दावि छ ।

यस शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या १ सय ७३ पुगेको छ । त्यस्तै बैंकले १ सय ७२ एटिएम तथा ४ ओटा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले अन्य विभिन्न क्षेत्रमा चाँडै नै थप शाखाहरु संचालन गर्ने योजना अगाडि सारेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL