Logo

एनआईसी एसिया बैंकले खोल्यो एकैपटक ९ शाखा, १७० स्थानमा फैलियो

एनआईसी एसिया बैंकले खोल्यो एकैपटक ९ शाखा, १७० स्थानमा फैलियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले एकै पटक ९ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले लुम्बिनी अञ्चलमा एकै पटक ९ नयाँ शाखा कार्यालयहरु संञ्चालनमा ल्याएको हो ।

बैंकले नवलपरासी जिल्लाको ४, रुपन्देहीको ३ र कपिल्बस्तुको २ स्थानमा उक्त शाखा संचालमा ल्याएको हो । जसअन्तरगत नवलपरासीको गैंडाकोट नगरपालिकाको अमरापुरी, प्रतापपुर नगरपालिकाको गोपीगञ्ज, बिनयीत्रिवेणी गाउपालिकाको दुम्कीबास र मध्यबिन्दु नगरपालिकाको अरुणखोलामा शाखा संचालनमा ल्याएको हो ।

यसैगरी रुपन्देहीको देवदह नगरपालिकाको शंकरपुर, सैनामैना नगरपालिकाको मुर्गिया, तिलोत्तमा नगरपालिकाको मणिग्राम र कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको जितपुर बुद्धभुमी नगरपालिकाको ईमिलियामा उक्त शाखा संचालनमा ल्याएको हो ।

यसँगै बैंकको शाखा संख्या १ सय ७० पुगेको छ भने १ सय ६८ एटिएम काउन्टर तथा ४ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL