Logo

सिभिल र भारतको एक्सिस बैंकबीच सम्झौता, नेपालमा पैसा पठाउन सहज

सिभिल र भारतको एक्सिस बैंकबीच सम्झौता, नेपालमा पैसा पठाउन सहज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिभिल बैंक र भारतको एक्सिस बैंकबीच पैसा आदान प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित शाक्य र एक्सिस बैंकका फाईनान्सिएल ईन्स्टीच्यूसन्स ग्रुपका सिनियर भाइस प्रेसिडेन्टएल श्रीरमनले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतासँगै भारतमा कार्यरत तथा त्यहाँ बसोबास गर्दै आएका नेपालीहरुलाई पैसा एक अर्का देशमा पठाउन सहज हुने बैंकले जानकारी दिएको छ । एक्सिस बैंकको भारतमा रहेका २ हजार शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । अबका दिनमा नेपालीहरुले उक्त शाखामार्फत पठाएको पैसा सिभिल बैंकका ५६ शाखाबाट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL