Logo

एनआईसी एशियाका नयाँ शाखा बझाङ र धादिङमा, शुक्रबारदेखि कारोबार शुरु

एनआईसी एशियाका नयाँ शाखा बझाङ र धादिङमा, शुक्रबारदेखि कारोबार शुरु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना २ नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।

बैंकले बझाङको चैनपुर र धादिङको धादिङवेशीमा शुक्रबार उक्त शाखाहरु संचालनमा ल्याएको हो । चैनपुरस्थित जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र बहादुर खड्का बाट बझाङमा र निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाबाट धादिङवेशी शाखाको उद्घाटन गरिएको बैंकले जानकारी दिएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक रहेको बैंकको दाबी छ ।

सो २ शाखा कार्यालयहरुको उद्घाटनसँगै हाल बैंकले नेपालभर १ सय ७० शाखा कार्यालयहरु, १ सय ६८ एटिएम तथा ४ एक्स्टेन्सन काउन्टर बाट सेवा प्रदान गर्दै आईरहेको छ ।

हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्धेस्यले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकले बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL