Logo

शाखा विस्तारमा एग्रेसिभ हुँदै प्राइम बैंक, सोलुमा खुल्यो नयाँ शाखा, थप २० वटा खोल्दै

शाखा विस्तारमा एग्रेसिभ हुँदै प्राइम बैंक, सोलुमा खुल्यो नयाँ शाखा, थप २० वटा खोल्दै


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकले सोलुखुम्बु जिल्लामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले सोलुखुम्बुको नेचा सल्यानमा उक्त शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखाको बैंकका संचालक गजेन्द्र विष्ट र दूधकुण्ड नगरपालिककाका मेयर नाम्गेल शेर्पाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । शाखा उद्घाटन गर्दै संचालक विष्टले देशका ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुँच पुर्याउने उद्देश्य अनुरुप सोलुखुम्बु जिल्लामा बैंकले शाखा विस्तार गरेको बताए । ‘प्राइम कमर्सियल बैंकलाई एक सबल र सक्षम बैंकको रुपमा स्थापित गर्दै देशका हरेक क्षेत्रमा बैंकिङ सेवा पुर्यारहेका छौं,’ उनले भने, ‘भरपर्दो र विश्वासिलो बैंकको रुपमा प्राइम कमर्सियल अग्र स्थानमा रहेको छ ।’

सोलुखुम्बुमा खुलेको नयाँ शाखासँगै बैंकको शाखा संख्या ५५ पुगेको छ । बैंकले निकट भविश्यमा शहर र ग्रामणी भेगलाई केन्द्रित गर्दै थप २० वटा शाखा विस्तार गर्ने जानकारी दिएको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँभन्दा माथी रहेको छ । बैंकले पुस मसान्तसम्ममा ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रबाह गरेको छ । सो अबधिमा बैंकले ७१ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL