Logo

सेञ्चुरी बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस, चुक्ता पूँजी ८ अर्ब माथी

सेञ्चुरी बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस, चुक्ता पूँजी ८ अर्ब माथी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सिल बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस बितरण गर्ने भएको छ । बैंकले बोनस सेयर र नगद लाभांस गरी १० प्रतिशत बोनस बितरण गर्न लागेको हो ।

बैंक संचालक समितिको निर्णय अनुसार ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरिनेछ ।

उक्त बोनस बितरणसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पूँजी ७ अर्ब ६७ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

संचालक समितिको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति दिएसँगै बैंकको आगामी दिनमा हुने बार्षिक साधारणसभाबाट पारित गरेर बितरण गरिने जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL