Logo

अनिल शाहको नियुक्ती रद्द, को आउला नबिलमा नयाँ सीईओ ?

अनिल शाहको नियुक्ती रद्द, को आउला नबिलमा नयाँ सीईओ ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नबिल बैंकले केही समय अघि मात्र नियुक्ती गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शाहको नियुक्ती नै रद्द गरेको छ । नेपाल राष्ट्र बैंकले सीईओहरुको नियुक्तीमा कुलिङ पिरियड लागू गरेसँगै बैंकले शाहको नियुक्ती नै रद्द गरेको हो ।

बैंकको पुस १३ गतेको संचालक समितिले शाहलाई सीईओमा नियुक्त गरेकोमा यही सोमबार बसेको संचालक समितिले त्यसलाई खारेज गरेको जानकारी दिएको छ ।

कुलिङ पिरियडका कारण बैंकमा सीईओ पद खाली भएसँगै नयाँ सीईओ नियुक्ती प्रक्रिया अघि बढाएको बैंक स्रोतले जानकारी दिएको छ । राष्ट्र बैंककको नियमन अनुसार बैंकमा ३ महिनाभन्दा बढी सीईओ पद खाली राख्न नमिल्ने भएकाले पनि बैंकले शाहको सट्टामा अर्को सीईओ नियुक्ती गर्न लागेको हो ।

यस अघि बैंकले संचालकको रुपमा एनएमबी बैंकका तत्कालिन सीईओ उपेन्द्र पौड्याललाई लगेको छ । यसैगरी केही समयअघि मात्र ग्लोबल आईएमई बैंकबाट छाडेका अनिल ज्ञवालीलाई पनि सीईओ बनाउने हल्ला चलेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL