Logo

रुकुमको सानीभेरीमा सनराइजको नयाँ शाखा, आइतबारदेखि कारोबार शुरु

रुकुमको सानीभेरीमा सनराइजको नयाँ शाखा, आइतबारदेखि कारोबार शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेडले रुकुमको सानीभेरी गाउँपालिका वडा नं. ९ मा नयाँ शाखा स्थापना गरेको छ । बैंकले आइतबारदेखि सो स्थानमा बैंकिङ सेवा शुरु गरेको हो ।

उक्त शाखा कार्यालयको बैंकका नायब महाप्रबन्धक अपछकुमार यादब र सानीभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुनले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरे ।

यो समेत गरी बैंकको शाखा संख्या ७६ वटा पुगेको छ । साथै बैंकको नेपाल अधिराज्य भर ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २० वटा शाखारहित बैंकिङ सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालनमा ल्याउने बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL