Logo

सनराइज बैंकद्धारा ‘बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था’ प्रदान

सनराइज बैंकद्धारा ‘बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था’ प्रदान


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकको लागि ‘बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था’ प्रदान गरेको छ ।

बैंकका निक्षेप ग्राहक मनोज कुमार पोखरेललाइ बैंकले सो बीमा प्रदान गरेको हो । उनको दुर्घटनामा परि उपचारको क्रममा निधन भएको थियो ।

‘बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था’ अन्र्तगत मृतकको नाममा  निक्षेप रकमको ४ गुणा अर्थात २ लाख ५६ हजार २८ रुपैया बराबरको रकम प्रदान गरेको हो ।

उक्त सुविधा अन्र्तगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी अशक्त भएमा रु. ५ लाख नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणा सम्म दावी गर्न सकिने व्यबस्था रहेको बैंकले जानकारी दिएको छ ।

उक्त रकम बराबरको चेक बैंकका नारायणगढ शाखाका शाखा प्रबन्धक प्रकाश कस्तीले मृतककी श्रीमती सशिला कुमारी बानियालाई प्रदान गरेका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL