Logo

एनआईसी एशियाको २ नयाँ शाखा धुलाबारी र काकरभिट्टामा, सोमबारदेखि कारोबार

एनआईसी एशियाको २ नयाँ शाखा धुलाबारी र काकरभिट्टामा, सोमबारदेखि कारोबार


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले झापाको मेचिनगर नगरपालिका काकरभिट्टा र धुलाबारीमा नयाँ शाखा स्थपना गरेको छ । बैंकको सोमबार आयोजित छुट्टाछुट्टै कार्यक्रमबीच ती शाखाको उद्दघाटन गरिएको हो ।

मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले धुलाबारी शाखा र काकरभिट्टा शाखाको उद्द्घाटन गरेको बैकले जानकारी दिएको छ ।

यससँगै हाल यस बैंकको शाखा संख्या १५७ शाखा पुगेको छ ।

त्यस्तै बैंकले १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL