Logo

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको झिलझिलेमा, थप शाखा विस्तार गर्दै

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको झिलझिलेमा, थप शाखा विस्तार गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले झापाको झिलझिलेमा शाखा विस्तार गरेको छ । बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

एनआईसी एसियाले नेपालभर १ सय ५७ शाखा कार्यालय र १ सय ४६ एटिएममार्फत उपभोक्तालाइ बैंकिङ सेवा प्रदान दिँदै आएको छ । साथै यसका ४ एक्स्टेन्सन काउन्टरहरु पनि रहेका छन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक रहेको बैंकको दाबी छ ।

हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाहरु संचालन गर्ने योजना अगाडी सारेको बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL