Logo

आरबीबी र एनआईडीसीको चैत पहिलो हप्ताबाट एकिकृत कारोबार 

आरबीबी र एनआईडीसीको चैत पहिलो हप्ताबाट एकिकृत कारोबार 


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैंकले चैतबाट एकिकृति कारोबार गर्ने भएका छन् । दुई सरकारी बैंक गाभिएर चैतको पहिलो हप्ताबाट एकिकृत कारोबार गर्न लागेका हुन् ।

हाल अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएको र स्वीकृति पाएसँगै एकिकृत कारोबार गर्ने राष्ट्रिय बाणिज्य बैंकले जानकारी दिएको छ । यी दुबै बैंकले गत बर्ष माघबाट मर्जर प्रक्रिया अघि बढाएका थिए ।

१ बर्ष अघि शुरु भएको मर्जर प्रकृयाले अब अन्तिम रुप लिन लागेको हो । यी दुई संस्थाबीचको सेयर स्वाप रेसियो १ बराबर १ को अनुपातमा तय भएको समेत राष्ट्रिय बाणिज्य बैंकले जानकारी दिएको छ । हाल बाणिज्य बैंकमा शतप्रतिशत सरकारी लगानी रहेको छ भने एनआइडिसीमा एक प्रतिशतभन्दा पनि कम सेयर सर्वसधारणको रहेको छ ।

मर्जरमा जाँदा १ कित्ता सेयरको मूल्य ४ हजार ४ सय ८४ रुपैयाँ तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL