Logo

एनआइसी एसिया बैंकले शुरु गर्यो भाइबर बैंकिङ, ग्राहकलाई भाइबरमार्फत सबै जानकारी

एनआइसी एसिया बैंकले शुरु गर्यो भाइबर बैंकिङ, ग्राहकलाई भाइबरमार्फत सबै जानकारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले भाइबर बैकिङ्ग सेवा संचालन गरेको छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सकिने बैंकद्वाा जारी विज्ञप्तीमा उल्लेख छ ।

भाईबर बैकिङ्ग सुबिधा लिनको लागि भाइबर एप्लिेकेशनमार्फत एनआईसी एशिया बैंकको पब्लिक एकाउण्टलाई सस्क्राइव गरी आवश्यक जानकारी लिन सकिनिेछ । भाइबर बैकिङ्ग सेवामार्फत ग्राहकहरुले एनआईसी एशिया बैंकको शाखा कार्यालयहरु तथा एटिएम संञ्जालहरु बारे जानकारी, अनलाईन खाता खोल्न तथा कर्जा स्वीकृति भएनभएको समेत चेक गर्न सक्नेछन् ।

सयसैगरी बैकिङ्ग समय सम्बन्धि जानकारी, बिदेशी बिनिमयदर सम्बन्धि जानकारी, ब्याजदर सम्बन्धी जानकारी लिन सकिने बैंकले जानकारी दिएको छ । त्यस्तै एनआईसी एशिया बैंकको मोबाइल बैकिङ्ग सेवामा रजिष्टर भएको ग्राहकहरुले भाइबर बैकिङ्ग सेवा मार्फत आफ्नो खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL