Logo

एभरेष्ट बैंकको २३औं बार्षिक साधारण सभा सम्पन्न, ३३ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित

एभरेष्ट बैंकको २३औं बार्षिक साधारण सभा सम्पन्न, ३३ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २३ औं साधारण सभा  सम्पन्न भएको छ । सभाले बैंकको संचालक समितिले प्रस्ताब गरेको ३३ प्रतिशत बोनस सेयर र १ दशमलब ७४ प्रतिशत नगद लाभांस लाई दिने प्रस्ताब अनुमोदन गरेको छ ।

अब बितरण हुने बोनस सेयरपछि केन्द्रिय बैंकले तोकेअनुसार बैंकको चुक्तापुँजी ८ अर्बभन्दा बढि हुने भएको बैंकले जानकारी दिएको छ ।

यसैगरी बैंकले बार्षिक साधारण सभाको अबसरमा ५ ओटा नयाँ शाखा समेत खोलेको छ । बैंकले महोत्तरीको पिपरा, स्याङ्जाको बिरुवा, नुवाकोटको दुप्चेश्वर, बर्दियाको बनसादी र डोटीको शिखरमा आफ्नो नयाँ शाखा खोलेको हो ।

साथै, बैंकले मोरङको बिराटचोक, इलामको फिक्कल, रौतहटको गौरादह, कैलालीको लम्की र झलारीमा नयाँ एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

बैंकले साधारण सभाकै अवसरमा आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिको लागि केन्द्रिय कार्यालयमा ‘इबिएल ट्रेनिङ एकेडेमी’ समेत संचालनमा ल्याएको छ । प्रविधिमा लगानी बढाउदै बैंकले कर्मचारीको लागि इ लर्निङ मोवाइल एप ‘सरस्वति’ को पनि शुरुवात गरेको जानकारी दिएको छ ।

त्यसैगरी ‘प्रतिबिम्ब’ नामक बार्षिक प्रकाशन सुरु गरेको छ । बैंकले देशभरका ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र, ९५ एटिएम मेशिनहरुबाट बैंकिङ सेवा दिदै आएको छ । साथै निकट भबिष्यमा नै ११ नयाँ शाखा थप गर्दै आफ्नो सेवा बिस्तार गर्ने योजना रहेको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL