Logo

भिसा कार्डमार्फत भुक्तानीगर्दा १० प्रतिशतसम्म क्यास ब्याक

भिसा कार्डमार्फत भुक्तानीगर्दा १० प्रतिशतसम्म क्यास ब्याक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भिसा कार्डमार्फत सामान खरिद गर्दा १० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) पाइने भएको छ । कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपालइन्भेष्टमेण्ट बैंक तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तरराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य उक्त सुविधा प्रदान गरेका हुन् ।

यो सुविधा अन्तरगत ग्राहकले आफ्नो भिसा कार्डमार्फत सामान तथा सुविधा खरिद गर्दा भिसा डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा क्यास (नगद) फिर्ता हुनेछ ।

कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिद गर्दा कार्डमार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकहरुको पहलमा नेपालमा उक्त योजना ल्याएको हो । नेपाली समाजमा नगद बिना नै कारोबार गर्न सकिने र ग्राहकहरुमा भिसा डेबिट÷क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिन उक्त सुविधा ल्याइएको बैकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

उक्त सुविधा लिनका लागि ग्राहकले न्युनतम ५ सय रुपैयाँको कारोबार गर्नुपर्ने हुन्छ । जस अन्तरगत कारोबार संख्याका आधारमा सम्बन्धित ग्राहकको खातामा न्युनतम २ प्रतिशतदेखि अधिकतम १० प्रतिशतसम्म क्यास ब्याक गरिने छ ।

यस योजनाबाट सेन्चुरी बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, महालक्ष्मीविकास बैंक, मेगा बैंक नेपाल, मुक्तिनाथविकास बैंक लि, एनसिसि बैंक, नेपालइन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोग गर्ने ग्राहकहरु लाभान्वितहुने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL