Logo

मकवानपुरको सिस्नेरीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

मकवानपुरको सिस्नेरीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो मकवानपुरको सिस्नेरीमा शाखारहित बैंकिङ सेवा स्थापना शुरु गरेको छ ।
सो सेवा शुक्रबारबाट सञ्चालनमा ल्याएको हो ।

उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधी अर्थात एजेन्ट लव कुमार बस्ताकोटीलाइ पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरिएको छ ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जानकारी दीएको छ ।

यससँगै बैंकको कुल शाखारहित बैंकिङ सेवा संख्या १९ पुगेको जानकारी बैंकले दिएको छ । साथै बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ सेवा शाखारहित बैंकिङ सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत विज्ञप्तीमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL