Logo

सिटिजन्स बैंकको नगद वितरण कार्यक्रम, झार र रिगाँउमा साढे ३ करोड नगद वितरण

सिटिजन्स बैंकको नगद वितरण कार्यक्रम, झार र रिगाँउमा साढे ३ करोड नगद वितरण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धादिङको झारलाङ र रिगाँउ गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ ।

विश्व खाद्य कार्यक्रमको आयोजना र वेल्ट हंगर हाइलाइफ को सहकार्यमा पुस १३ देखी २० गतेसम्म उक्त कार्यक्रम संचालन गरिएको हो ।

विशेष गरी भूकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापत ‘कामका लागि नगद’ वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी दिएकोे हो ।

बिकट मानिने गाउँहरुमा पनि बैंक जनताको घर दैलोमा पुगेर बैंकिंङ सेवा प्रबाह गरिरहँदा स्थानीयहरुले खुशियाली व्यक्त गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले २ हजार ७ सय ७२ परिवारलाई कूल नगद ३ करोड ४३ लाख ४ हजार रुपैया वितरण गरेको हो ।

सो अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले बैंकका यस्ता क्रियाकलापले स्थानीय विकास निर्माणका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन मद्धत पुग्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL