Logo

एनआईसी एशियाको डिबेन्चर बाँडफाँड, अर्ध वार्षिक रुपमा ९ प्रतिशत व्याज

एनआईसी एशियाको डिबेन्चर बाँडफाँड, अर्ध वार्षिक रुपमा ९ प्रतिशत व्याज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले मंगलबार डिबेन्चर २०८१र८२’ बाँडफाँट गरेको छ । बैंकले पुस १३ गते खोलेको ३ अर्ब रुपैयाँ बराबरको ‘९ प्रतिशत एन आई सी एशिया डिबेन्चर बाँडफाँट गरेको हो । सो डिबेन्चरमा पुस २१ गतेसम्म मात्र आवेदन दिने मिति तोकिएको थियो ।

सो डिबेन्चरका डिबेन्चरधनीहरुले मंगलबारदेखि नै अर्ध वार्षिक रुपमा ९ प्रतिशत व्याज प्राप्त गर्ने छन् ।

त्यस्तै बैंकले जारी गरेको सो डिबेन्चर नेपालकै हालसम्मकै उच्च राशीको डिबेन्चर भएको दाबी छ ।

निकट भविष्यमा उक्त डिबेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिनेछ । जस पश्चात दोस्रो बजारमा समेत सोको खरिद बिक्री कारोवार गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL