Logo

मकवानपुरको फाखेलमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा, एजेन्टमा स्याङतान

मकवानपुरको फाखेलमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा, एजेन्टमा स्याङतान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेडले मकवानपुरको फाखेलमा आफ्नो शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

मंगलबार एक कार्यक्रमकाबिच आफ्नो सो १८ औं शाखारहित बैंकिङ सेवा सुचारु गरेको हो ।

बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ एजेन्ट/प्रतिनिधि धनबीर स्याङतानलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरि सो सेवाको सुचारु गरेको जानकारी दिएको छ ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL