Logo

आगलागी र बाढी पीडितलाई २ प्रतिशत ब्याजमा ऋण

आगलागी र बाढी पीडितलाई २ प्रतिशत ब्याजमा ऋण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाढी र आगलागी पीडितका लागि २ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले पुर्नकर्जा सम्बन्धी कार्यविधी संसोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार भोजपूर र तेह्रथुम जिल्लाका आगलागी पीडित र सप्तरीका बाढी पीडितले क्षतिग्रस्त आफ्नो घर बनाउन र ब्यवसाय पुनः संचालन गर्न सहुलियत ब्याजदरको ऋण पाउने छन् ।

राष्ट्र बैंकले मन्त्रिपरिषद्को निर्णय अनुसार पुर्नकर्जा सम्बन्धी कार्यविधी परिमार्जन गर्दै राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । यस अघि २०७२ मा आएको भूकम्पका कारण क्षति भएका परिवारलाई घर बनाउन र ब्यवसाय पुनः संचालन गर्न २ प्रतिशत ब्याजमा कर्जा प्रदान गरिएको थियो ।

संसोधित कार्यविधिी अनुसार भोजपूर बजार र संक्रान्ति बजारमा भएको आगलागीबाट पूर्णरुपमा क्षति भएका ३४ घरधनीले आफ्नो आवाश निर्माण र ब्यवसाय पुनः संचालनको लागि लिन पाउने छन् । ती दुई जिल्लाका पीडितले जिल्ला दैबी प्रकोप उद्धार समितिबाट प्रमाणित भएको प्रमाणका आधारमा सहरी क्षेत्रमा २५ लाख रुपैयाँसम्म र अन्य क्षेत्रमा १५ लाख रुपैयाँसम्म सहुलियत ऋण प्राप्त गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसैगरी बाढी तथा डुबानबाट आफ्नो घर तथा ब्यवसाय पूर्ण रुपमा क्षतिग्रस्त भएका सप्तरीका पीडितले आवाशीय घर बनाउन तथा ब्यवसाय पुनः संचालन गर्न १५ लाख रुपैयाँसम्म सहुलियत ब्याजदरको ऋण पाउनेछन् ।

राष्ट्र बैंकका अनुसार यस्तो न्युनतम ५ बर्ष र बढीमा १० बर्षको अबधिसम्मको हुनेछ । तर कर्जा शुरुको एक बर्ष ग्रेस अबधि हुनेछ । पीडितले घर बनाउने प्रयोजनको लागि ऋण लिदा निर्माण प्रगतिका आधारमा कम्तिमा ४ चरणमा किस्ताबन्दी रुपमा उपलब्ध गराइने छ भने पुनः संचालनको लागि लिएको ऋण भने ब्यवसायिक कार्य प्रगतिका आधारमा कम्तिमा २ किस्तामा दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL