Logo

सिटिजन्स बैंकले शुरु गर्यो स्मार्ट बैकिङ सेवा, टेलिफोन तथा विजुलीको बिल भुक्तानी गर्न सकिने

सिटिजन्स बैंकले शुरु गर्यो स्मार्ट बैकिङ सेवा, टेलिफोन तथा विजुलीको बिल भुक्तानी गर्न सकिने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो पुरानो मोबाइल बैंकिङ सेवा स्तरोत्रति गर्दै नयाँ प्रबिधिमा आधारित मोबाइल बैंकिङ सेवा (सिटिजन्स स्मार्ट बैङकिङ) शुरुवात गरेको छ ।

यस नयाँ प्रविधिको मोबाइल बैंकिङ सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुने कम्पनीले जानकारी दिएको छ । साथै बैंकका अनुसार विश्वको जुनसुकै कुनाबाट जीपिआरएस अथवा वाइफाइ प्रयोग गरेर समेत कारोबार गर्न सकिन्छ ।

उक्त मोबाइल बैंकिङ सेवाको प्रयोग गरेर रिर्चाज कार्ड किन्न, बिजुली, टेलिफोन, एडिएसल आदिको रकम भुक्तानी गर्न, स्कुल, कलेज आदिको शुल्क तिर्न, क्रेडिट कार्डको रकम भुक्तान गर्न सकिन्छ । साथै यस बैंक भित्रको खाताबाट यसै बैंकको अर्को खातामा अथावा कुनै अर्को बैंकको खातामा रकम ट्रान्सफर गन समेत सकिने विज्ञप्तिमा उल्लेख छ ।

हाल एन्ड्रोइड मोबाइल प्रयोगकर्ताको लागि प्ले स्टोरमा सिटिजन्स स्मार्ट बैङकिङ उपलब्ध रहेको छ । आइफोन प्रयोगकर्ताको लागि भने केही समय पश्चात यो सेवा उपलब्ध हुने जानकारी बैङकले दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL