Logo

अब जुनसुकै बैंकबाट आफ्नो खातामा पैसा जम्मा गर्न सकिने

अब जुनसुकै बैंकबाट आफ्नो खातामा पैसा जम्मा गर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकबाट पनि निक्षेप (पैसा) जम्मा गर्न सकिने ब्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । सो व्यवस्था अनुसार कुनै एक बैंकमा खाता भएका निक्षेपकर्ताले अन्य जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्ने सक्ने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले जानकारी दिए ।

हाल सो विषय राष्ट्र बैंकको नियमन समितिको बैंठकमा छलफल भएको र अब यसले पूर्णता पाउने शिवाकोटीले जानकारी दिए । ‘बैठकले निक्षेपकर्ताले जुनसुकै बैंकको कुनै पनि शाखाबाट आफ्नो खातामा रकम जम्मा गर्ने व्यवस्था गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ,’ उनले भने, ‘अब यो विषयको टिप्पणी उठाएर डेपुटी गभर्नर हुँदै बोर्डमा लगेर स्वीकृत गरिनेछ ।’

राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिमार्फत एउटा बैंकमा खाता भएको निक्षेपकर्ताले अन्य जुनसुकै बैंकबाट पनि आफ्नो खातामा रकम जम्मा गर्न मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याउने उल्लेख गरेको थियो । सोही अनुरुप कार्यान्वयनमा ल्याउन प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

उक्त व्यवस्था कार्यान्वयनमा आएसँगै कारोबारका लागि निश्चित ठाउँ तथा समय कुर्नु नपर्ने व्यवस्था समेत छिट्टै आउने उनले जानकारी दिए । सो व्यवस्था कार्यान्वयनमा ल्याउन लागि राष्ट्र बैंक लागि परेको र सोका लागि केही समय लाग्ने उनको भनाई थियो ।
सो व्यवसस्था कार्यान्वयनमा आएसँगै निक्षेपकर्ताले रकम जम्मा गर्न आफ्नै खाता भएको बैंकमा जानुपर्ने बाध्यता हट्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL