Logo

बालाजु र सीतापाइलामा सनराइजको एटिएम, एटिएम संख्या ८९ पुग्यो

बालाजु र सीतापाइलामा सनराइजको एटिएम, एटिएम संख्या ८९ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेडले बालाजु चोक र पद्म कोलनी, सीतापाइलामा एटिएम संचालनमा ल्याएको छ ।

पद्म कोलनी एटिएमको शुभारम्भ संचालक ज्योतिकुमार बेगानी र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरे ।

त्यस्तै बालाजु एटिएमको बैंकका संचालकद्घय मालचन्द दुगड र ज्योतिकुमार बेगानीले संयुक्त रुपमा रिबन काटेर उद्दघाटन गरेका छन् ।

सन्राइज बैंकले मुलुकभर आफ्नो ७१ वटा शाखा, ८९ वटा एटिएम, १७ वटा शाखारहित बैंकिङ सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ तथा ईन्भेष्टमेन्ट बैकिङ कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL