Logo

राष्ट्र बैंकले भन्यो, तरलता अभाव बढ्यो, ऋण लगानीमा संयमित हुन आग्रह

राष्ट्र बैंकले भन्यो, तरलता अभाव बढ्यो, ऋण लगानीमा संयमित हुन आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा भित्रिने रेमिट्यान्स आप्रवाहको बृद्धिदर ऋणात्मक भएसँगै नेपाल राष्ट्र बैंक अबमा दिनमा लगानी योग्य पूँजी (तरलता) अभाव हुने बताएको छ । देशको आर्थिक मेरुदण्डको रुपमा रहँदै आएको रेमिट्यान्स आप्रवाहमा चालू आर्थिक बर्षको शुरुवातदेखि नै गिरावट आएपछि राष्ट्र बैंकले सो कुरा बताएको हो ।

राष्ट्र बैंकले अघिल्लो पटक तेस्रो महिनाको देशको वर्तमान आर्थिक वित्तीय स्थिती सार्वजनिक गर्दै आगामी महिना रेमिट्यान्स आप्रवाह बढ्ने जानकारी दिएको थियो । तर, चौथो महिनामा आईपुग्दा रेमिट्यान्स आप्रवाह ऋणात्मक नै भएपछि तरलता अभाव उच्च रुपमा बढ्ने संकेत देखापरेको नेपाल राष्ट्र अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए । ‘पछिल्लो आर्थिक अवस्था हेर्दा अबका दिनमा लगानी योग्य पूँजीको एकदमै अभाव हुने देखिएको छ,’ उनले भने ।

रेमिट्यान्स आप्रवाह घटेसँगै तरलता अभावका साथै चालू खाता र सोधनान्तर बचतमा ऋणात्मक, विदेशी मुद्राको संचितीमा गिरावट हुने थापा बताउँछन् । ‘२०७२ सालको भुकम्पपछि नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको गिरावट आएसँगै सामान्य रुपमा रेमिट्यान्स बृद्धिदरमा पनि गिरावट आएको थियो,’ उनले भने, ‘तर, यस पटकको त्यसको असल अलि बढी देखियो ।’ यहि अवस्थामा नेपाली कामदार वैदेशिक रोजगारीमा जान घट्ने हो भने नेपाल भित्र्ने रेमिट्यान्स अझै घट्ने उनको तर्क छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार गत आर्थिक बर्षको पहिलो ४ महिनामा रेमिट्यान्स बृद्धिदर ७ दशमलव ८ प्रतिशतले बढ्दै कुल २ खर्ब ३२ अर्ब १३ करोड रुपैयाँभन्दा बढी भित्रिएको थियो । तर, चालू आवको सोही अबधिमा रेमिट्यान्स आप्रबाह १ दशमलव २ प्रतिशतले घट्दै २ खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ मात्र भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL