Logo

शतप्रतिशत बोनस पारित गर्न स्ट्याण्डर्ड चार्टर्डले बोलायो साधारणसभा

शतप्रतिशत बोनस पारित गर्न स्ट्याण्डर्ड चार्टर्डले बोलायो साधारणसभा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्नो बार्षिक साधारणसभाको मिति तोकेको छ । बैंकले यही पुस २६ गतेलाई आफ्नो ३१ औं बार्षिक साधारणसभा बोलाएको हो ।

बैंकको सो साधारणसभाल आफ्ना सेयरधनीहरुलाई दिन लागेको शतप्रतिशत बोनस सेयरको प्रस्ताव पारित गर्नेछ । यसैगरी सो साधारणसभाले बोनस सेयर प्रयोजनका लागि आवश्यक कर रकम प्रतिसेयर ५ रुपैयाँ २६ पैसाको दरले नगद लाभांस समेत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त बोनस पारितसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ माथी पुग्नेछ ।

यसैगरी सोही साधारणसभामा बैंकको अधिकृत पूँजी वृद्धि गरी ९ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पेश गर्ने भएको छ । यसैगर साधारण सेयरधनीका तर्फबाट एक जना सञ्चालक समेत चयन गरिने बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL