Logo

विद्युतीय भुक्तानी प्रणालीमा बैंक वित्तीय संस्थाको फरक मत, रकमको सीमा बढाउन माग

विद्युतीय भुक्तानी प्रणालीमा बैंक वित्तीय संस्थाको फरक मत, रकमको सीमा बढाउन माग


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय माध्यममार्फत गरिने भुक्तानी तथा जम्मा गरिने रकमको सिमा बढाउन माग गरेका छन् । केही समय अघि नेपाल राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा र खर्च गर्ने सीमा सम्बन्धी निर्देशनको मस्यौदा जारी गर्दै सम्बद्ध निकायहरुसँग राय सुझाव माग गरेको थियो । सो मस्यौदा माथी सुझाव दिँदै बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकले सीमा बढाउन माग गरेका हुन् ।

राष्ट्र बैंकले मोबाइल बैंकिङलाई कडाई गर्दौ सोको सीमा १० हजार रुपैयाँमा सिमित गरेको थियो भने क्रेडिड कार्डबाट खर्च पाउने रमकलाई पनि कुल बचतको २० प्रतिशतमा झारेको थियो । तर, बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकले उक्त मस्यौदामाथी फरक मत राख्दै बढाउन सुझाव दिएको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख शंकर आचार्यले जानकारी दिए । ‘यस अघि विद्युतीय माध्यबाट आफुखुशी जति पनि रकम जम्मा तथा भुक्तानी गर्दै आएका थिए भने क्रेडिट कार्डमार्फत खर्च गर्न पाउने रकमको सीमा पनि ९० प्रतिशत थियो,’ उनले भने, ‘अहिले जम्मा तथा भुक्तानीको सीमा न्युन गरिनुका साथै क्रेडिटकार्डको खर्च सीमा पनि २० प्रतिशतमा झारिएकाले सरोकारवाला निकायले त्यसलाई खुकुलो बनाउन सुझाव दिएका छन् ।’

अहिले सम्बद्ध सरोकारवाला निकायबाट सुझाव आइसकेको र केहीदिनभित्रै त्यसमा थप परिमार्जन गरी निर्देशन जारी गरिने उनले जानकारी दिए । राष्ट्र बैंकले मस्यौदामा इन्टरनेट बैंकिङको सीमा दैनिक १ लाख रुपैयाँ र मासिक ५ लााख रुपैयाँ तोकेको थियो । साथै सोमाध्यमबाट बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गर्दा एक पटकमा अधिकतम १ लाख रुपैयाँ र मासिक रुपमा १० लाख रुपैयाँ मात्र कारोबार गर्न सकिनेछ ।
यस्तै क्रेडिट कार्डबाट गरिने नगद कारोबारलाई निरुत्साहित गर्दै कुल बचतको २० प्रतिशतमा झारिएको थियो । यस्तै प्रिपेड कार्ड जारी गर्दा एक पटकमा अधिकतम १ लाख रुपैयाँसम्म झिक्न पाइनेछ भने प्रिपेड कार्डबाट नगद झिक्दा प्रति कारोवार न्यूनतम ५ सय रुपैयाँदेखि अधिकतम ५ हजार रुपैयाँसम्म र प्रति महिना अधिकतम २५ हजार रुपैयाँसम्म झिक्न सकिने मस्यौदामा उल्लेख छ ।

मस्यौदाले डेबिट कार्डबाट गरिने नगद कारोबारको सीमा, भुक्तानी सेवा प्रदायकबाट सञ्चालित इवालेट वा डिजिटल वालेट सञ्चालन गर्ने संस्थाको एजेन्ट वा सवएजेन्टमार्फत वालेटलगातको सीमा तोकेको थियो । जसमा एक पटकमा ५ हजार रुपैयाँ र दैनिक अधिकतम १५ हजार रुपैयाँ मात्र जम्मा गर्न सकिने व्यवस्था गरेको थियो भने मासिक सीमा २५ हजार रुपैयाँ तोकिकएको छ ।

यस्तै बैंकमा रहेको खाताबाट वालेटमा तथा वालेटबाट वालेटमा एक पटकमा ५ हजार रुपैयाँसम्म सार्न सकिन्छ भने दैनिक सीमा भने १५ हजार रुपैयाँ तोकिएको छ । तर, बैंकहरुले नै चलाएको वालेटमा भने सोही दिन भुक्तानी गर्ने सर्तमा एक पटकमा ५० हजार रुपैयाँसम्म सार्न मस्यौदामा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL