Logo

एनआईसी एशियाको नयाँ शाखा बाजुरामा, मंगलबारदेखि सेवा शुरु

एनआईसी एशियाको नयाँ शाखा बाजुरामा, मंगलबारदेखि सेवा शुरु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले बाजुराका् मार्तडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । अति दुर्गम तथा ग्रामिण भेगमा समेत आफ्नो सेवा बिस्तार गर्ने रणनीति अन्तरगत यस बैंक र युकेएडको लगानीमा सञ्चालित सक्षम एक्सेस टु फाइनान्ससँगको सहकार्यमा शो शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयको मंगलबार नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडल तथा बडीमालिका नगरपालिकाका मेयर पदम बडुवालले उद्दघाटन गरे ।

“साथी सँगै सक्षम बन्दै” भन्ने नाराका साथ अगाडी बढाईएको यस सहकार्यबाट एन आई सी एशिया बैंकले अङ्गिकृत गरेको “बैंक पनि, साथी पनि” भन्ने नारा अझ जनप्रिय बन्ने विश्वास लिएको छ । यस बैंकले मार्तडी शाखा अतिरिक्त उक्त जिल्लामा थप ३ वटा शाखारहित बैंकिङ सेवा स्थापना गर्नेछ ।

सक्षम युकेएडएड द्वारा संचालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डिएफआईडि नेपालको लुईस बर्जरको कार्यक्रम हो । यसले नेपालका विभिन्न स्थानिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसँगको साझेदारीमा नेपालमा कार्य गरिरहेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंककका कार्यकारी निर्देशक पौडेलले ग्रामिण तथा दुर्गम स्थानका जनताहरुबिच बैकिङ पहुँच अभिबृद्दि गर्ने कार्यमा सक्षम तथा एन आइ सी एसिया बैंकको साझेदारी सहीतको यस कार्यक्रमले सम्पुर्ण क्षेत्रमा बैंकको पहुँच पु¥याउने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नितीलाई थप सहज बनाएको बताए ।

बाजुरा शाखाको समुद्घाटन सँगै हाल यस बैंकले नेपाल भरी १४९ शाखा कार्यालयहरु र १४१ ए टि एम काउन्टरहरुबाट ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL