Logo

संखुवासभामा ग्लोबल आईएमईको शाखारहित सेवा, व्यवसायीक प्रतिनिधिमा मनमाया लिम्बु

संखुवासभामा ग्लोबल आईएमईको शाखारहित सेवा, व्यवसायीक प्रतिनिधिमा मनमाया लिम्बु


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकका नयाँ शाखारहित सेवा संखुवासभाको चैनपुरमा शुरु भएको छ ।

बैंकले ५४ औ शाखारहित बैकिङ सेवा सुरु गरेको हो । सेवाको लागि स्थानिय मनमाया लिम्बुलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको पोखरी बजारका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

उक्त शाखारहित बैंकिङ्ग सेवा उद्घाटन समारोहमा स्थानिय स्तरका समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

बैंकको २०७४ असोज मसान्तसम्म १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको छ ।

बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५४ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL